अग्लिँदै धरहरा

माघ १७, ०७७
काठमाण्डाै –
देशमा केही पनि भएन भनेर धेरै निराश भइरहेको बेला काठमाण्डौको बनिरहेको धरहरा हेर्दा केही भइरहेको पनि छ भन्ने आशा जाग्छ ।
कोरोनाका कारण विकास निर्माणका अरु काम ठप्पजस्तै भए पनि धरहरा पुनर्निर्माणको काम रोकिएन । धेरैले सोचेभन्दा छिटो धरहरा अग्लिँदैछ । टुँडिखेल आसपासबाट मात्रै होइन, काठमाण्डौ उपत्यकाभित्रका अलि परको ठाउँबाट समेत धरहरा अग्लिँदै गरेको देख्न सकिन्छ ।

धरहरा नजिकै पुग्दा त माथिको उचाइ हेर्न टाउको निकै ठाडो पार्नुपर्ने भइसकेको छ । धरहरामा अहिले २१ तलाको काम भइरहेको छ । धरहरा जम्मा २२ तलाको हुनेछ । अब एकतला मात्रै थप्न बाँकी छ । त्यसपछि ‘फिनिसिङ’ काम हुनेछ ।
धरहराको तला बन्ने काम छिट्टै सकिए पनि अरु काम सक्न भने समय लाग्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.