१० लाख रुपैयाँसहित दुबई जान लागेका एक जना विमानस्थलबाट पक्राउ

माघ १८, २०७७ आइतबार
काठमाण्डौ – स्रोत नखुलेको १० लाख रुपैयाँ दुबई लैजान खोज्ने एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
नेपाल एअरलाइन्सको उडानबाट दुबई जान लागेका काठमाण्डौको कलङ्की घर भएका आशिष खातीलाई विमानस्थलको एक्सरे क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खातीको साथमा रहेको १० लाख रुपैयाँको स्रोत नखुलेको र अवैध रूपमा विदेश लैजान लागेको गरि दुई वटा कसुर देखिएको प्रहरीले जनाएको छ ।
उनलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.