प्रिमियर लिग : शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित

माघ २६, २०७७ सोमबार
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।
चौँथो स्थानमा रहेको लिभरपुललाई ४-१ गोलले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । लिभरपुलको मैदानमा म्यानचेस्टर सिटीलाई जिताउन इल्के गुण्डोगानले दुई तथा रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक/एक गोल गरे । जितसँगै म्यानचेस्टर सिटीको ५० अङ्क भएको छ ।

यस्तै पाँचौँ स्थानमा रहेको चेल्सीले सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ । तेस्रो स्थानमा रहेको लिसेस्टर सिटी र उल्भर ह्याम्पटन वान्डरसबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । गएराति नै भएको अर्को खेलमा आठौँ स्थानमा रहेको टोटनह्याम हटस्परले वेष्ट ब्रोमलाई २–० गोलले पराजित गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.