ट्रम्पविरुद्ध बदलाको अभियान चलाएको वकिलहरुको आरोप

फागुन १, २०७७ शनिबार
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले डेमोक्रेटिक दलले ट्रम्पविरुद्ध बदलाको अभियान चलाएको आरोप लगाएका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध माथिल्लो सदन सिनेटमा चलिरहेको महाभियोगसम्बन्धी सुनुवाइका क्रममा उहाँका वकिलहरूले बदलाको अभियान चलाइएको आरोप लगाएका बीबीसीले जनाएको छ ।
सिनेटमा महाभियोग लगाउनु पर्ने कारणहरू प्रस्तुत गर्ने क्रममा डेमोक्रेटिक दलका नेताहरूले गएको जनवरी ६ मा भएको क्यापिटल भवन हमलाका भिडियाे फुटेजसमेत प्रदर्शन गरेका थिए । ट्रम्पले घातक हमला गर्न समर्थकहरूलाई उक्साएको आरोपलाई खण्डन गर्दै वकिलहरूले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकी संविधानले रक्षा गर्ने जिकिरसमेत गरेका छन् ।
तल्लो सदन प्रतिनिधिसभाले विभिन्न आरोपमा ट्रम्पमाथि महाभियोग लगाइसकेको छ । तर महाभियोग पारित गर्न सिनेटको पनि समर्थन चाहिन्छ । महाभियोग पारित गर्न सिनेटमा दुई तिहाइको बहुमत आवश्यक पर्छ । जबकी डेमोक्रेटहरूसँग केवल सामान्य बहुमत मात्र उपलब्ध छ ।आज महाभियोग प्रस्तावमाथि मतदान हुने सम्भावना रहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.