रसुवामा मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको ज्यान गयो

फागुन १, २०७७ शनिबार
रसुवामा शुक्रवार बेलुकी मोटरसाइकल दुर्घटनामा परेका प्रहरी जवानको ज्यान गएको छ ।
माेटरसाइकल दुर्घटनामा परेका चितवनका ३० वर्षीय इन्द्रप्रसाद अर्यालकाे ज्यान गएकाे हाे । रसुवाको कालीका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फर्कने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार राजेन्द्र लामा र अर्याल दुर्घटना परेका थिए ।दुर्घटना लगत्तै नुवाकोटमा रहेकाे त्रिशूली अस्पतालमा पुर्याइएका उनको उपचारको क्रममा शनिवार बिहान ज्यान गएको हो । प्रदेश-३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेमा रहेकाे सडकबाट करिब २० मिटर तल पुगेको थियो।
घाइते भएका प्रहरी हवल्दार लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.