रामेछापमा आगलागी पीडितलाई राहत

फागुन १, २०७७ शनिबार
रामेछापको गोकुलगंगा गाउँपालिका –२ ठोसेमा आगलागी पीडितलाई राहत प्रदान गरिएको छ । गएको सोमबार राति घरमा भएको आगलागीबाट ज्यान गुमाउनुभएकी ८० वर्षीया पासाङलेकी शेर्पाका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत प्रदान गरेको हो ।घरको अँगेनाबाट सल्केको आगोले शेर्पाको घर पनि पूर्णरुपमा जलेको थियो । आगलागीमा परेर ज्यान गुमाउनुभएकी शेर्पाको घरमै पुगेर जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले दुई लाख १५ हजार रकम प्रदान गर्नुभएको हो ।
त्यसबाहेक पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीबाट लत्ता कपडा, त्रीपाल, भाँडाकुडा लगाएतका सामाग्रीहरु समेत प्रदान गरिएको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकाकाे तर्फबाट पनि मृतकका परिवारलाई ५० हजार रुपैयाँ नगद र खाद्यान्न लगाएतका सामाग्रीहरु प्रदान गरिएकाे छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.