बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

फागुन १, २०७७ शनिबार ,बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माइतीघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रदर्शन गरेका छन् ।आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका युवतीहरुले बलात्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानरसहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए । सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारबाही र पीडितलाई न्याय दिन माग गरिरहेका थिए । उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाइँदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।

देशका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाही नभएपछि त्यसको विरोधमा दोषीलाई कारबाही, पीडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गदै काठमाण्डौमा दिनहुँ प्रदर्शन हुँदै आएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.