थप ५७ जनामा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या शून्य

फागुन १, २०७७ शनिबार
पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय जनाको पीसीआर परीक्षण भएकोमा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३३ जनाले जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ९ सय २९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक जना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण दुई हजार ५४ जनाले ज्यान गुमाएका छन् भने अहिले एक हजार ६ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.