एकता बलियाे बनाउन सक्याैँ भने कांग्रेसलाई कसैले हराउन सक्दैन : शशाङ्क काेइराला

फागुन ३, २०७७ सोमबार
दाङ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले नेपाली कांग्रेसजनबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ । देशकाे सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको हैसियतमा आपसी मिलापबाटै अघि बढ्नु अहिलेको आवश्यकता रहेको नेता काेइरालाले बताउनुभयो ।

नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध प्रदर्शन तथा सभालाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसबीच मिलाप भएमा दुनियाँको कुनै पनि ताकतले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीबीच सकारात्मक एकताको खाँचो छ, एकता बलियो बनाउन सक्यौँ भने हामीलाई कसैले हराउन सक्दैन ।’

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका महामन्त्री कोइरालाले देश अहिले राजनीतिक सङ्कटमा परेकाले देशको रक्षा र लोकतन्त्र बचाउन कांग्रेस अझ गम्भीर रूपमा जनतामाझ जान आवश्यक भएको बताउनुभयो । वर्तमान सरकारले चालेको असंवैधानिक तथा अलोकतान्त्रिक कदमका बारेमा जानकारी गराउनु र नागरिकलाई पार्टीको धारणा स्पष्ट पार्नका लागि कांग्रेस अहिले देशभर सक्रिय भएको उहाँकाे भनाइ छ ।

उहाँले विगतका पुराना योजना पनि वर्तमान केपी शर्मा ओलीको सरकारले प्राथमिकतामा राखेर काम गर्न नसकेको भन्दै नयाँ कामले पनि गति लिन नसक्नु देशकै लागि बिडम्बना भएको बताउनुभयो । नागरिकले राम्रो अवसर दिएर सरकार सञ्चालन गर्न पठाए पनि पाएको अवसरबाट कम्युनिस्ट सरकार चुकेको नेता काेइरालfले बताउनुभयो । देश र नागरिकलाई प्राथमिकतामा राखेर काम नगर्दा देश डुबाउने खेलमात्रै भएको उहाँको आरोप थियो ।जिल्लाको विकासमा दाङमा कांग्रेसको भूमिका राम्रो रहेको उल्लेख गर्दै उहाँले अब फेरि पनि देशलाई विकास र सुशासनको गति दिन कांग्रेस अगाडि आउनुपर्ने बेला आएको र यसमा नागरिकले साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा महामन्त्री काेइरालाले नेपाली कांग्रेसको आउँदाे १४ औँ महाधिवेशनमा आफू नेतृत्वका लागि तयार रहेको बताउनुभएको छ । वर्तमान नेतृत्वबाट अब पार्टी चल्न नसक्ने भन्दै आफू नेतृत्वमा आएर पार्टी र देश विकासमा लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले संविधान देशकाे आत्मा र शरीर रहेकाले यसलाई अङ्गभङ्ग गर्ने अधिकार कसैलाई पनि नरहेको उल्लेख गर्नुभयो ।अहिले नागरिकलाई दिग्भ्रमित गर्ने काममा केपी सरकार उद्यत रहेको बताउँदै गिरीले यसबाट सचेत रहन आम नागरिकलाई अपिल गर्नुभयो । उहाँले जनमत र जनआवाजबाट संविधान रक्षा गरी छाड्ने सङ्कल्पमा कांग्रेस रहेको जिकिर गर्नुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.