बालुवा खानीमा पुरिएर पाल्पामा दुई जनाको ज्यान गयो

फागुन ८, २०७७ शनिबार पाल्पा , पाल्पामा बालुवा खानीमा पुरिएर दुई जनाको ज्यान गएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ बालीपोखराका १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको ज्यान गएको हो ।

स्थानीय छेबकुन भन्ने स्थानमा रहेको बालुवा खानीमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि स्थानीय मेडिकल लाने क्रममा बाटोमा ज्यान गएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.