मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर

फागुन ९, २०७७ आइतबार मकवानपुर , मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं प्रवक्ता मीरा चौधरीले जानकारी दिनुभयो ।

राक्सिराङको कुपिनटारमा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको छ । गाँजा नस्ट गरेर फर्केको प्रहरी टोली र स्थानीय बासिन्दाबीच विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको चौधरीले बताउनुभयो ।

राक्सिराङ गाउँपालिका १ का कान्छाराम रुम्बालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तर राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले पक्राउबारे आपत्ति जनाउनुभएकाे छ ।प्रहरीले बारीमा लुकाएर राखेको अवस्थामा शनिवार १८ क्विण्टल गाँजा बरामद गरी नस्ट गरेको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.