माेरङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयाे

फागुन ९, २०७७ आइतबार मोरङ , मोरङको उर्लाबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएकाे छ । ट्रककाे ठक्करबाट स्कुटरमा रहेका उर्लाबारी नगरपालिका-८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको ज्यान गएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी-४ मा प्र १–०१–००१ क १०३५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे हाे। गम्भीर घाइते भएका दुवै जनाकाे अरनीको अस्पताल उर्लाबारीमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।ट्रक र ट्रक चालक झापा कमल गाउँपालिका बस्ने भीमबहादुर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.