प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्नेछ : प्रचण्ड

फागुन ११, २०७७ मंगलबार काठमाण्डाै , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको शान्तिपूर्ण आन्दोलनबाट जसरी पनि जित्नुपर्ने बताउनुभएको छ ।

काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले सही फैसला गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि प्रतिगमनविरुद्ध फेरि आन्दोलनमा उत्रिनुपरेको तर राज्य शक्तिको दुरुपयोग गरेर प्राप्त उपलब्धिलाई दबाउन खोजिएको आरोप लगाउनुभएको छ ।

प्रचण्डले २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गर्दा सबैभन्दा बढी पृथ्वीनारायण शाहले गरेका युद्धको रणनीति अध्ययन गरेर सुरु गरेको समेत बताउनुभयो । सशस्त्र द्वन्द्व नै नेपालका लागि सबैभन्दा ठूलो परिघटना भएको दाबी गर्दै उहाँले देशलाई अगाडि बढाउन सशस्त्र द्वन्द्वले ठूलो उपलब्धि हासिल गरेको तर्क गर्नुभयो ।प्रचण्डले पार्टी एकता फुटाउन षड्यन्त्र भएको पनि दाबी गर्नुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.