सत्यकाे जित भयाे : प्रचण्ड

फागुन ११, २०७७ मंगलबार काठमाण्डौ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहकाे अध्यक्षले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकोप्रति खुसी व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनको निर्णय बदरपछि नेता दाहालले सत्यको जित भएको प्रतिक्रिया दिनुभएको छ । भोलिको विरोध सभाका लागि चितवन पुग्नुभएका प्रचण्डले सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै सत्यको जित भएको बताउनुभएको हो ।

उहाँले अदालतकाे निर्णयकाे प्रशंसा गर्दै यसलाई सबैले सम्झिने बताउनुभएकाे हाे । सर्वाेच्चकाे आदेशपछि चितवनमा रहेका प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूले खुसी मनाएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.