नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु

फागुन १२, २०७७ बुधबार
काठमाण्डाै – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने फैसला सुनाएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बालुवाटारमा भइरहेको बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायत सहभागी छन् । बैठकले अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउने छ । ओली समूहका नेताहरुले अदालतको फैसला मान्ने बताए पनि यसले अस्थिरता बढाउने बताउँदै आएका छन् ।

यस्तै, आजै प्रचण्ड–नेपाल समूहले पनि बैठक बोलाएको छ । यो समूहले दिउँसो ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरे पछि प्रचण्ड नेपाल समूहले पुन:स्थापनाको माग गर्दै विरोधका कार्यक्रम गर्दै आएको थियो सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापनाको पक्षमा फैसला सुनाए पछि आज यो समूहले विजय जुलुस निकालेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.