समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित

फागुन १३, २०७७ बिहिबार ,काठमाण्डाै – समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित भएको छ । यो कानुन संसारकै पहिलो कानुन भएको बताइएकाे छ ।

अमेरिकी प्रविधि संस्थाले यो कानुनको विरोध गरेका थिए । गएको हप्ता यो कानुनका कारण फेसबुकले अस्ट्रेलियामा फेसबुकका समाचार हेर्न र शेयर गर्न बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि पछि खुला गरिएको थियो ।

वार्तापछि संशोधनसहित कानुन पारित भएको हो । संशोधन कानुनअनुसार फेसबुक र गुगलले केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई एकमुष्ठ रकम तिर्न सहमत भएका छन् ।

अस्ट्रेलियाको नयाँ कानुनलाई विश्वका अरू देशमा यस्तै कानुन बनाउने सम्भावनाको परीक्षणका रूपमा लिइएको छ । यो कानुन अस्ट्रेलियाको प्रतिनिधि सभाले बिहीवार संशोधनसहित पारित गरेको हो । सिनेटले याे कानुन पारित गरिसकेको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.