औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली झापामा

फागुन १६, २०७७ आइतबार ,काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली झापा जानु भएको छ । नेपाल–चीन औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओलीले बिहान १० बजे गृह जिल्ला झापा जानु भएको हो ।

दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने नेपाल चीनमैत्री औद्योगिक पार्क सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको सबैभन्दा ठूलो हो ।

यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्छ । १ हजार ३ सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर बनाउन लागिएको पार्क निर्माणका लागि ६४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । प्रधानमन्त्री ओली आजै काठमाण्डौ फर्किने कार्यक्रम छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.