हुण्डी रकमसहित वीरगञ्जबाट एक जना पक्राउ

फागुन १७, २०७७ सोमबार ,काठमाण्डाै – पर्साको वीरगञ्जबाट हुण्डी रकमसहित एक जना पक्राउ परेका छन् । भारतको रक्सौलबाट नेपाल आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भारतका सोनु साहलाई तीन लाख १२ हजार रुपैयाँ र पाँच हजार दुई सय भारुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी हुण्डी कारोबारी रहेको खुलेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसारको कसुरमा अदालतबाट म्याद थपको आदेश लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.