ताप्लेजुङ दोभान बजारमा आगलागी : ३५ घर जलेर नष्ट

फागुन १८, २०७७ मंगलबार ,ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलकाे घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताउनुभयो । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उहाँले भन्नुभयो, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ ।’

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिनुभयो । सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिनुभयो ।अहिले आगलागी भइरहेकाे ठाउँभन्दा अगाडिका घरहरु डाेजरले भत्काएर आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.