सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती र टुसालको बराबरी

फागुन १९, २०७७ बुधबार ,काठमाण्डाै – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबले बराबरी खेलेका छन् ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको पहिलो खेलमा नयाँबस्ती र टुसालले १/१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । नयाँबस्तीले सुरुवाती गोलको अग्रता जोगाउन सकेन । खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा टुसालका लागि एलोन राईले बराबरी गोल फर्काए । अर्को खेलमा साढे तीन बजेदेखि अहिले खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब खेल्दैछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.