भगवती माध्यामिक बिद्यालय कालिगण्डकी २ गुल्मीको निर्वाचनबाट नेकपा प्यानल बिजयी

भगवती माध्यामिक बिद्यालय कालिगण्डकी २ अर्बेनी गुल्मीको बिद्याालय ब्यावस्थापन समिती गठनका लागि आज भएको निर्वाचन बाट नेकपाबाट उम्मेदवारी दिएको समुह विजयी भएको छ ।

निर्वाचनका लागि नेकपा र नेपाली काङग्रेसको तर्फबाट ४÷४ जनाको उम्मेदवारी परेको थियो । नेकपाको तर्फबाट साविक अर्बेनी गाबिस वडा न ४ का रेश्मिराज न्यौपाने, वडा ४ की लिला मल्ल, वडा न ६ का डिलुराम न्यौपाने राजु र वडा न ८ की मनरुपा न्यौपाने बिजयी हुनुभएको हो । नेपालि कङग्रेसको तर्फबाट साविक अर्बेनी गाबिस वडा न ८ का रेशमराज न्यौपाने, वडा न ५ की आरती परियार, वडा न ५ का रेशमराज न्यौपाने र वडा न ७ की लक्ष्मी न्यौपाने उम्मेदवार हुनुहुन्थ्यो ।
निर्वाचित ४ सदस्यले २ जना मनोनित गर्नेछन । नेकपाको प्यानलले जितेमा साविक वडा न ४ का कृश्ण प्रसाद न्यौपानेलाइ मनोनयन गरेर अध्यक्ष बनाउने निर्वाचित सदस्य रेश्मिराज न्यौपानेले बताउनु भयो ।
राजनितीक दल बिच चरम बिवाद भएपछी निर्वाचन भएको हो । ब्याबस्थापन समिती गठनका लागि पटक पटक सहमतीको गर्ने प्रयास असफल भएपछी निर्वाचनमा जानु परेको बिध्यालयका प्रधानाध्यापक थानेश्वर न्यौपानेले बताउनु भएको छ । निर्वाचनबाठ. एक पक्ष अलग हुने भएकाले कतीपय अबिभावकले सहमतीबाट समिती बनाउन सुझाएका थिए ।

बिद्यालय ब्याबस्थापन समिती नहुँदा अध्ययन अध्यापन तथा शिक्षक कर्मचारीको तलव सुविधा समेत प्रभावित बनेको थियो । गाउँपालिकाको कार्यालयले बिद्यालयको बैङक खातानै रोक्का गरेको छ ।

१३५ जना अबिभावक मतदानमा सहभागी भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले बताउनुभयो । १० मत बदर भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.