सुनको भाउ फेरि ९ सय रुपैयाँले घट्यो

फागुन २१, २०७७ शुक्रबार ,काठमाण्डाै – सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ फेरि ९ सय रुपैयाँले घटेको हो ।आज सुनकाे भाउ घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.