नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित दौड प्रतियोगिता सम्पन्न

फागुन २२, २०७७ शनिबार ,काठमाण्डौ – नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा शनिबार बिहान काठमाण्डाैमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । चेम्बरको शिक्षा तथा खेलकुद समितिले आयोजना गरेको दौड प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बु प्रथम, नेपालय एजुकेसन फाउन्डेसनका युनिस आले मगर दोस्रो र आदर्श सौला युवक माविकै प्रवीण तामाङ तेस्रो भएका छन् । छात्रातर्फ पञ्चकन्या माविकी सरिता रम्तेल प्रथम, पञ्चकन्या माविकै सोनु घताने दोस्रो, र गान्धी आदर्श स्कुलकी अन्जु खड्का तेस्रो भएका छन् ।यस्तै पत्रकारतर्फ महानगर डटकमका रमेश शाक्य प्रथम, अप्सरा साप्ताहिकका बालकृष्ण डंगोल दोस्रो र देखापढी डटकमका निकेश खत्री तेस्रो भएका छन् । व्यवसायीतर्फ सचिन्द्र प्रधानांग प्रथम, नवराज ढकाल दोस्रो र मणिकरत्न शाक्य तेस्रो भएका छन् ।

दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो । पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.