नख्खु कारागारमा विप्लव र हेमन्तप्रकाश ओलीबीच भेटघाट

फागुन २२, २०७७ शनिबार ,काठमाण्डाै – नेत्रविक्रम चन्द नेतृत्वको समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेट्नुभएको छ । सरकारसँग सम्झौतापछि हिजो सार्वजनिक भएका विप्लवले नख्खु कारागार गएर पार्टीका नेता ओलीसँग भेट गर्नुभएको हो । सुदर्शनलाई भेट्न विप्लवसहित वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने पनि नख्खु कारागार पुग्नुभएको हो ।

विप्लव समूहका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका ओलीमाथि नख्खुमा रहेको एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोप छ । ओलीलाई २०७५ चैतमा काभ्रेबाट पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको छ । सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा यस अघि पक्राउ परेका विप्लव समूहका सबैलाई रिहा गर्ने सहमति भएको छ ।सरकारले विप्लव समूहका नेता-कार्यकर्तालाई छाड्ने क्रम शुरु गरिसकेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.