संसद् बैठक अझै सुरु भएन, प्रधानमन्त्री संसद् भवनबाट बाहिरिनुभयो

फागुन २३, २०७७ आइतबार ,काठमाण्डौ – आइतबार दिउँसो चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । बैठकका लागि सांसदहरू संसद् भवन नयाँ बानेश्वर पुगिसकेका छन् । तर चार बजेका लागि तोकिएको बैठक पाँच बज्दासम्म पनि सुरु भएको छैन ।

बैठकमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिनुभएको छ ।नेकपाभित्रको विवाद र सर्वोच्च अदालतले नेकपाको आधिकारिकताको विषयमा गरेको फैसलाका कारण प्रतिनिधि सभा बैठक सुरु हुन ढिलो भएको बुझिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.