परिवर्तन उल्टाउन मविरुद्ध घेराबन्दी गर्ने षड्यन्त्र भइरहेकाे छ : प्रचण्ड

फागुन २८, २०७७ शुक्रबार ,रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूमाथि घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । बुटवलमा भइरहेको राष्ट्रिय दलित पत्रकार सङ्घको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले प्राप्त परिवर्तनलाई उल्टाउन परिवर्तनका लागि सङ्घर्ष गर्ने नेताहरूको बदनाम गर्ने र घेराबन्दी गर्ने काम भइरहेको दाबी गर्नुभयो । १२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै अहिले आफू जीवितै भएको र परिवर्तन उल्ट्याउन सबैभन्दा धेरै घेराबन्दी आफूमाथि नै भइरहेको महसुस गरेको उहाँले बताउनुभयो ।

राजनीतिमा धेरै अस्वाभाविक घटना भइरहेको भन्दै अध्यक्ष प्रचण्डले अझै के–के अस्वाभाविक घटना देख्नुपर्ने हो भन्ने चिन्ता रहेको बताउनुभयो । जन्माइसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो र अस्वाभाविक परिघटना देख्नुपरेको उहाँको भनाइ छ । तर पनि विद्रोह गर्ने वा हिंसामा जाने नभइ शान्तिपूर्ण सङ्घर्ष गर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ’, उहाँले भन्नुभयाे ।

अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गर्नुभयो । ‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन’, उहाँले भन्नुभयो, ‘त्यसैले अब फेरि प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.