राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धकाे खोप लगाउने

चैत २, २०७७ सोमबार ,काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने हुनु भएको छ । दिउँसो ४ बजे उहाँले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि त्रिवि शिक्षण अस्पतालमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २३ गते कोरोनाविरुद्धको खोप लगाउनु भएको थियो । प्रधानमन्त्री ओलीले खोप लगाउँदै ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको थियो । हिमाली जिल्लामा भने ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप वितरण भइरहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.