चितवनमा चार चक्के मेशिनबाट धान रोपाइँ

चैत २, २०७७ सोमबार ,काठमाण्डाै – चितवनमा आधुनिक मेसिनको प्रयोग गरी चैते धानको राेपाइँ सुरु गरिएको छ । केही समय अगाडि भित्रिएको चारपाङ्ग्रे मेसिनले पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका खेतमा धान रोप्न थालिएको हो । रत्ननगरको बछौली र खैरहनीको कुमरोजका खेतमा यसपालिदेखि मेसिनबाट धान रोप्न थालिएको हो । त्यहाँका बछौली र कुमरोज साना किसान र कृषि सहकारी संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले ५० प्रतिशत अनुदानमा ६ लाइनमा एकै पटक धान रोप्न सक्ने मेसिन उपलब्ध गराएको थियो ।

यो मेसिनलाई २० लाख ९० हजार रुपैयाँ पर्छ । यसमध्ये १० लाख ४५ हजार किसान आफैँले तिरेका हुन् भने १० लाख ४५ हजार रुपैयाँ अनुदान दिइएको हो । चीनबाट आएको जापानिज प्रविधिको मेसिनको प्रयोगले थोरै खर्चमा धेरै खेतमा धान रोप्न सकिने परियोजना कार्यान्वयन इकाई चितवनका धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले बताउनुभयो । उहाँकाअनुसार पहिलो वर्ष यी मेसिनहरुले झण्डै ५० विघा क्षेत्रफलमा धान रोप्नेछन् । चितवनमा ५ हजार हेक्टरभन्दा बढी क्षेत्रमा चैते धान रोपिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.