माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक स्थगित

चैत २, २०७७ सोमबार ,काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दोस्रो दिन साेमवार बसेको बैठकमा २० जना सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको हो । नयाँ सरकार बनाउने विषयमा अन्य दलसँग छलफल र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनको विषयलाई उठाउनुपर्ने भएकाले केही दिन बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै साङ्गठनिक गतिविधिलाई अगाडि बढाउन प्रदेश र जिल्ला तहमा खटिने र त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरूको जवाफ नआइसकेकाले यसबारेमा छिट्टै निर्णय गर्ने उहाँको भनाइ छ । आइतवारकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र पार्टीको कार्यभारबारे रिर्पोटिङ गर्नुभएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.