थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, ७५ जना निको

२०७७ चैत २ गते, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३ हजार ३११ जनाको नमुना परीक्षण गर्दा ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा ७५ जनासहित २ लाख ७१ हजार ४०१ जना निको भएका छन् भने ३ हजार १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ८९५ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.