नेपाल, बङ्गलादेश र किर्गिस्तानले खेल्ने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक

चैत ३, २०७७ मंगलबार ,काठमाण्डाै – नेपाल, बङ्गलादेश र किर्गिस्तानले खेल्ने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । काठमाण्डौको दशरथ रङ्गशालामा चैत १० गते बङ्गलादेश र किर्गिस्तानले उद्घाटन खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । यस्तै नेपालले चैत १२ गते किर्गिस्तान र १४ गते बङ्गलादेशसँग खेल्नेछ । फाइनल खेल चैत १६ गते हुने तालिका छ । सबै खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगितामा नेपाल र बङ्गलादेशकाे सिनियर राष्ट्रिय टोलीको सहभागिता हुने भए पनि किर्गिस्तानको भने २३ वर्षमुनिको टोली सहभागी हुनेछ । विश्वकप छनाेटअन्तर्गतका घरेलु मैदानमा हुने खेल स्थगित भएपछि नेपालले मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.