किर्ते कागजात बनाएर ठेक्का हात पारेको आरोपमा ललितपुरबाट एक पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक जनालाई किर्ते कागजात बनाइ ठेक्का हात पारेको आरोपमा पक्राउ गरेको छ।

बुधबार साँझ ठेकेदार रविन्द्र महर्जनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ९एसपी० गंगा पन्तले जानकारी दिइन्।

उनलाई सिआइबीले ललितपुरबाट पक्राउ गरेको हो।

उनले बौद्ध गुम्बा विकास समितिको लेटर प्याडबाट काम गरेको अनुभव गरेको देखाउने गरेका थिए, पन्तले भनिन्, अरू ठेक्का पार्न उनले गुम्बाको लेटर प्याड बनाएको पायौं।

उनीमाथि बिहीबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्ने तयार भइरहेको छ।- एजेन्सी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.