१६ लाख नागरिकले लगाए कोरोना खोप

२०७७ चैत ५ गते , काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । बिहीबारसम्म १६ लाख ७३ हजार २२७ नागरिकले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत माघ १४ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो ।

थप १०७ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार २५४ जनाको नमुना परीक्षण गर्दा १०७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ६२५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७१ हजार ६१० जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.