काठमाण्डौको दक्षिणकालीमा दुई पुरुषको शव भेटियाे

चैत ६, २०७७ शुक्रबार ,काठमाण्डौ – काठमाण्डाैको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई पुरुषको शव भेटिएको छ । शवको परिचय भने खुल्न नसकेको दक्षिणकाली प्रहरीले जनाएकाे छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । शव अहिले पनि घटनास्थलमा नै छ । शव भेटिएकामध्ये एक जना १८–१९ वर्षका अर्का २५–२६ वर्षका जस्ता देखिन्छन् । दुवैको मुखबाट फिँज निस्किएको छ । घटनाकाे थप अनुसन्धान भइरहेको दक्षिणकाली प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.