प्रतिनिधि सभाले बिस्तारै लय समात्ने छ : सभामुख सापकोटा

चैत ७, २०७७ शनिबार ,काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने बताउनुभएको छ । शनिबार जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । संसद छलफल, बहस, वादविवाद र सम्वाद हुँदै अघि बढ्ने भन्दै उहाँले चुनौतीहरुको सामना गर्न प्रतिकुलतामा पनि अनुकूलता खोज्ने उपायहरु खोजिरहेको बताउनुभयो । संसदको अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उहाँको भनाइ छ ।

‘हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौँ । संसदको मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेक चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दैछौँ र त्यसपछि बनेको कानुनहरु कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ ।’ उहाँले भन्नुभयो –’संसद भनेको छलफल, वहस, वादविवाद, सम्वाद हुँदै अगाडि जाने कुरा हो । समय लाग्छ तर त्यसले फेरि गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.