लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी

चैत १२, २०७७ बिहिबार ,रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । सदरमुकाम धुन्चेभन्दा तल रहेको जङ्गलमा आगलागी भएको हो । बिहीवार बिहान ९ बजेतिर जङ्गलमा आगलागी भएको हो । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले बताउनुभयो ।

स्थानीयवासी र सुरक्षाकर्मीकाे टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको उहाँको भनाइ छ । बिहान जङ्गलमा आगो लागेको देखेपछि हाकु प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । खबर पाउनेबित्तिकै निकुञ्जका टोली, सुरक्षाकर्मी र स्थानीयवासी आगो लागेको क्षेत्रमा गएका थिए । मानव बस्तीभन्दा केही तल आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट अहिलेसम्म मानवीय तथा पशुचौपायाको क्षति भएको छैन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.