नेपालले वैशाखमा कीर्तिपुर मैदानमा त्रिदेशीय टी–२० शृङ्खला खेल्ने

चैत १३, २०७७ शुक्रबार ,काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख चारदेखि ११ गतेसम्म हुने नेपाल त्रिकेट सङ्घ (क्यान) ले निकालेको विज्ञप्तिमा उल्लेख छ । डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै शृङ्खलामा सहभागी हुने खेलाडी र म्याच अफिसियललाई बायो बबलभित्र राखिने र पीसीआर परीक्षण गरिने विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.