माथागढीमा आगो निभाउने क्रममा एकको मृत्यु

नारायण न्यौपाने /पाल्पा, चैत १४
माथागढी गाउँपालिका ४, खापुकमा आगो निभाउने क्रममा जलेर ६४ वर्षीय मान बहादुर सिंजालीको मृत्यु भएको छ । प्रहरीका अनुसार बारिमा जम्मा गरिएको झाँङमा आगो लगाउन र अन्य काम गर्न, सिंजाली आफ्नी श्रीमती र छोरी सहित बारिमा गएका थिए । बारिमा जम्मा गरिएको झाँङ मलका लागि जलाउने गरिन्छ । बारिमा लागेको आगो जङगलमा सल्किएपछी ंिसंजालीकी श्रीमती र छोरी घर गएको र सिंजाली एक्लै जङगलमा आगो निभाउन गएका स्थानीयले बताएका छन ।

शनिबार दिउँसो सिंजालिको बारिबाट सल्किएको आगो दाङसिंगा सामुदायिक वनमा पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी रामेश्वर त्वातीले बताए । सिंजालीको घटनास्थलमै ज्यान गएको हो ।

सम्बवतह आफ्नो गल्तीका कारण जङगलमा आगोलागीबाट क्षती नहोस भनेर सिंजाली एक्लै नियन्त्रणका लागी गएका हुन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.