२४ घण्टामा १६७ जनामा काेराेना सङ्क्रमण, ३ जनाकाे ज्यान गयाे

चैत १७, २०७७ मंगलबार ,काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ६७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय २७ पुगेको छ । अहिले नेपालमा १३ सय ९० जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीस पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.