बुद्धिजीवी र सञ्चारमाध्यमप्रति प्रधानमन्त्रीको चर्को विरोध, एकता भाँड्न खोजेको आरोप

चैत १७, २०७७ मंगलबार ,काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक, बुद्धिजीवी र सञ्चारमाध्यमको भूमिकालाई लिएर चर्को विरोध गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव कार्यक्रममा उहाँले देशका सबै ठाउँमा सडक पुगेको, शिक्षा ,स्वास्थ्य खानेपानीलगायतका सुविधा पुगेको र नागरिक सुखी हुँदै गएको तर सञ्चारमाध्यम र बुद्धिजीवीले सरकारका काम देखी नसहेको आरोप लगाउनुभयो ।

नेपालमा केही प्राध्यापक, बुद्धिजीवी, नागरिक अगुवा र सञ्चारमाध्यमले राष्ट्रिय एकता बिगार्ने र देश समृद्ध बनाउने अभियानको विरोध गरेको भन्दै ओलीले निकै आलोचना गर्नुभयो । अहिले एकथरीले देश सङ्कटमा परेको बताइरहेको तर देशलाई आफूले सङ्कटमा पर्न नदिएको भन्दै ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई बाहेक अरू कसैलाई पनि सङ्कट नपरेको बताउनुभयो ।

प्रचण्डसँग आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भए पनि प्रचण्डले कार्यकारी अध्यक्ष मागेको र आधा समय प्रधानमन्त्री नबन्ने बताएपछि आफूले नछाडेको ओलीको दाबी छ । माधवकुमार नेपाललाई पदको लोभी भएकाे आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सडकबाट आफूलाई निकालेर केटाकेटी खेल खेलेको र अहिले त्यसको परिणाम देखिएको बताउनुभयो । ‘मलाई सधैँ प्रधानमन्त्रीमै बस्नु छैन तर एकाध व्यक्तिलाई पदमा बस्ने हतारो र स्वार्थका लागि पद छाड्दिनँ, उनीहरूको व्यक्तिगत स्वार्थको भूमरीमा देशलाई पार्न दिन्नँ’, ओलीले भन्नुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.