त्रिदेशीय फुटबल कपकाे उपाधि जितेकाे राष्ट्रिय टिमका खेलाडीलाई एन्फाले जनही १ लाख दिने

चैत १७, २०७७ मंगलबार ,काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने बताएको छ ।

मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले त्रिदेशीय प्रतियोगितामा विजय हासिल गर्न सफल राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिने एन्फाले जनाएको हो सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एकले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको नेपालले पुरस्कार स्वरुप पाँच हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.