भारतमा झनै तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण !

भारतमा पछिल्लो चौबिस घण्टामा ८१ हजार ४६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ।

बितेको चौबिस घण्टामा भारतमा ४६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसैका साथ भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३९६ पुगेको छ।

हरेक दिन नयाँ संक्रमित भेटिनेको संख्या पछिल्लो एक साता यता अती तीव्र भएको छ।

बिहीबार मात्रै ७२ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए। -एजेन्सी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.