२४ घण्टामा तीन सय ३९ जनामा काेराेना सङ्क्रमण

चैत २५, २०७७ बुधबार ,काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय जनाकाे पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये भक्तपुरका पाँच, ललितपुरका २६ र काठमाण्डाैका एक सय ३२ गरी उपत्यकाका एक सय ६३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ७४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर दुई हजार दुई सय एक जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लाे २४ सङ्ख्यामा काेराेनाबाट दुई जनाले ज्यान गुमाएसँगै मृतककाे कुल सङ्ख्या तीन हजार ३८ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.