खाेटाङ : आगलागीमा परेर वृद्धाकाे ज्यान गयाे

चैत २५, २०७७ बुधबार ,खोटाङ – खाेटाङमा आगलागीमा परेर एक वृद्धकाे ज्यान गएकाे छ । तारेभीर सामुदायिक वनमा लागेको आगलागीमा परेर बराहपोखरी गाउँपालिका २ सुन्तलेकी ७३ वर्षीया डम्बरकुमारी आले मगरको ज्यान गएकाे हाे ।

बुधवार दिउँसो जङ्गलमा लागेको आगाेकाे लप्काले भेट्दा वृद्धाकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा वृद्धाकाे जलेर ज्यान गएकाे सुन्तलेका वडाध्यक्ष अमरबहादुर आले मगरले बताउनुभयो । वृद्धाको उद्धारका क्रममा दुई जना घाइते भएको वडाध्यक्ष मगरले जानकारी दिनुभयाे ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.