पत्रकार महासङ्घको चुनाव : ९० प्रतिशतभन्दा धेरै मत खस्यो, काठमाण्डौमा ९ बजेपछि गन्न सुरु गरिने

चैत २५, २०७७ बुधबार ,काठमाण्डाै – नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि बुधवार (आज) मतदान सम्पन्न भएको छ । ७७ जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएटकाे दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको हो । केन्द्रीय समितिको चुनाव पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको छ । १३ हजार एक सय २२ जना मतदाता रहेकोमा ९० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले जानकारी दिनुभयो ।जिल्लाहरूमा मतगणना सुरु भइसकेको छ भने काठमाण्डौमा अहिले नौ बजेपछि सुरु हुने पनि काफ्लेले जानकारी दिनुभयो । महासङ्घको ४९ पदाधिकारीका लागि एक सय ४५ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानल तथा गजेन्द्रसिंह बुढाथाेक स्वतन्त्र रूपमा चुनावी मैदानमा छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.