सुनको भाउ तीन सय रुपैयाँले घट्याे

चैत ३०, २०७७ सोमबार काठमाण्डाै – सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.