‘हातमा सिप नहुने मानिस पछी पर्छ ’–बिहादी गाउँपालिका उपाध्यक्ष गुरुङ

नारायण न्यौपाने,पर्वत, चैत्र ३१– बिहादी गाउँपालिका पर्वतकी उपाध्यक्ष डम्बर कुमारी गुरुङले हातमा सिप नहुने मानिस पछी पर्नेे बताउनुभएको छ । गाउँपालिका अपाध्यक्ष गुरुङले महिलाहरुलाइ सरकारले बिभिन्न सिप तालिमका लागि अवसर दिएको भन्दै त्यसको अपेक्षित उपलब्धी भने हुन नसकेको धारणा राख्नुभयो । गरिबी निवारणका लागि लघु उद्यम बिकाश कार्यक्रम अन्तर्गत लामो अवधिको ब्यावसायिक सिलाइ कटाइ तालिमको सोमवार उद्घाटन गर्दै गुरुङले तालिमबाट उपलब्धी हांसिल गर्न प्रशिक्षार्थीहरुलाइ अनुरोध गर्नुभयो । ‘हाम्रो पालामा यस्ता अवसर पाउनै मुस्किल थियो अहिले तपाइहरुलाइ स्थानिय सरकारले आफ्नो इच्छाअनुसारको तालिम दिएको छ’, गुरुङले भन्नुभयो,‘ यो सुनौलो मौकाको सदुपयोग गर्नुहोला ।’

लघु उद्यम बिकाश कार्यक्रम बिहादी गाउँपालिकाका लागि फोकल पर्सन, लेखा अधिकृत अर्जुन रिजालले अनुशासन बिना सिप आर्जन गर्न नसकिने बताउनुभयो । तालिममा अनुपस्थित हुने र अल्छि गर्नेले उपलब्धी हाँसिल गर्न नसक्ने बताउदै रिजालले सिक्नका लागि प्रशिक्षार्थी आफै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । ‘गाउँपालिकाले तपाइहरुलाइ आवस्यक पर्ने थप सेवा सुविधा दिन तयार छ’ रिजालले भन्नुभयो,‘ सिप बिकाश तालिम पछी तपाँइहरु ब्याबसायी हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै बिहादी गाउँपालिका वडा न २ का अध्यक्ष ओम प्रसाद कुंवरले सिप बजारमा बिक्ने खालको हुनुपर्ने बताउनुभयो । प्रतिशपर्धाको बजारमा अनुपयोगी सिप र उत्पादित सामग्रीले बजार नपाउने भन्दै कुंवरले माग बढि हुने सामग्री उत्पादन गर्ने खालको सिप सिक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय हातेमालोचोक पर्वतका प्रमुख, प्रहरी निरिक्षक बिजय सिंह, बिहादी गाउँपालिका कृषि शाखा प्रमुख सागर न्यौपाने र समाजसेवी राम प्रसाद पराजुलीले प्रशिक्षार्थीलाइ सफल ब्यावसायि बन्नका लागि शुभकामना दिनुभयो ।

कार्यक्रमको आगामि योजना र मापदण्ड बारे कार्यक्रम सहजकर्ता रुबी चौधरीले स्पष्ट पार्नुभएको थियो । प्रशिक्षार्थी कमला पराजुलीले आफुहरु सिलाइ कटाइको कामबाटै आम्दानी गर्ने योजनामा रहेको बताउनुभयो । बिहादी २ बर्राचौर नेटामा सञ्चालित सिलाइ कटाइ तालिममा १३ जना प्रशिक्षार्थी सहभागी छन । करिब ३ महिना चल्ने तालिमको सहजिकरण सबिता परियारले गर्नुहुनेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.