गुल्मीमा टेम्पो दुर्घटना , एकको मृत्यु , चारको अवस्था गम्भिर

भुवन भुसाल १ बैशाख २०७८, बुधबार ,तम्घास, ०१ वैशाख ः गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ बर्षिया तारा राहदीको ज्यान गएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिनुभयो । घटनामा परी एक बच्चासहित चारजना गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर भएकोले पहिचान खुलिसकेको छैन ।

सत्यवती बजैको मन्दिरको दर्शन गगरेर ठुलोलुम्पेक फर्कदैँ गर्दा आइतबार करिब १ ः ४५ बजे क्वाङखोलामा टेम्पो दुर्घटनामा परेको हो । अहिले जिल्ला प्रहरी कार्यालय, गुल्मीको समुह घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । टेम्पो चालक भने फरार छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.