अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा नेपालको अहिलेसम्मकै धेरै रन

बैशाख ११, २०७८ शनिबार ,काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधिका लागि अहिले नेपाल र नेदरल्याण्डस् खेलिरहेका छन् । उपाधिका लागि नेपालले नेदरल्याण्डस्लाई २ सय ३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । त्यस्तै कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै नटआउट रहे । दिपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाएर नटआउट रहे ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । नेपालले आज बनाएको दुई सय ३८ रन अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटकै दोस्रो धेरै रन हो । यसअघि सन् २०१९ को साग गेममा नेपालले भुटानसँगको खेलमा दुई सय ३६ रन बनाएको थियो । नेपाल लिग विजेता र नेदरल्याण्डस् उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नेपालले नेदल्यान्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपाल नेदरल्यान्डसँग तीन विकेटले पराजित भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.