दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एकको ज्यान गयो, २२ घाइते

बैशाख ११, २०७८ शनिबार ,खोटाङ – खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै ज्यान गएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने क्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटे भिरमा दुर्घटनामा परेको थियो । बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो । दुर्घटनामा परेर २२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बसमा चालक र सह–चालकसहित ३५ जना सवार थिए ।

घाइतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । स्थानीय, प्रहरीचौकी च्यास्मीटार र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले बस दुर्घटनामा परेका घाइतेको उद्धार गरेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.